• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    पत्रकार मनोरञ्जन शर्माको निधन

    पत्रकार मनोरञ्जन शर्माको निधन

    शनिबार, असोज ४ २०८२
    शनिबार, असोज ४ २०८२
    पत्रकार मनोरञ्जन शर्माको निधन

    बुटवल ४ असोज । क्यान्सर रोगको उपचार गराइरहनुभएका पत्रकार मनोरञ्जन शर्माको ५२ वर्षको उमेरमा निधन भएको छ। 

    शर्माको शनिबार बेलुकी भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो।

    विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित पत्रकार  शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको थियो ।

     उहाँ कारोबार दैनिकमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो । 

    भैरहवाबाट आफ्नै सम्पादनमा न्यूज ओके पत्रिका र अनलाईन सञ्चालन गर्दै आउनुभएको थियो ।
     शर्माकी श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ।

    शर्मा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार, खेलकुद पत्रकारिता मञ्च लगायतका संस्थामा आबद्ध हुनुहुन्थ्यो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार