काठमाडौँ, ७ जेठ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
समितिले मिति २०८३ जेठ ५ गते स्वीकृत “शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” बमोजिम इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
सूचनाअनुसार इच्छुक व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ ।
यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र आवेदन दिन सकिने जनाइएको छ ।
सम्बन्धित कार्यविधि शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको समितिले जनाएको छ ।
हेरौं सूचना: