• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य विभागका महानिर्देशक डा. ढकाललाई मुटुसम्बन्धी समस्या, सीसीयूमा भर्ना

    स्वास्थ्य विभागका महानिर्देशक डा. ढकाललाई मुटुसम्बन्धी समस्या, सीसीयूमा भर्ना

    निमित्त महानिर्देशकमा डा. अनुज भट्टचन 

    सोमबार, वैशाख २८ २०८३
    सोमबार, वैशाख २८ २०८३
    स्वास्थ्य विभागका महानिर्देशक डा. ढकाललाई मुटुसम्बन्धी समस्या, सीसीयूमा भर्ना

    काठमाडौँ, २८ बैशाख । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल अस्वस्थ भएपछि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । 

     मुटुसम्बन्धी समस्या देखिएपछि उहाँलाई अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा राखेर उपचार भइरहेको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि डा. ढकाल केही दिनयता नियमित कामकाजबाट टाढा रहनुभएको बताइएको छ। उहाँको अनुपस्थितिमा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ।

    डा. भट्टचन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ । 

    महानिर्देशक डा.  ढकालले उपचारका लागि बिदामा बस्नुपरेको जानकारी गराउँदै २२ वैशाखदेखि लागू हुने गरी निमित्त जिम्मेवारी डा. भट्टचनलाई हस्तान्तरण गर्नुभएको हो।

    उपचाररत डा. ढकालले छातीमा समस्या महसुस भएपछि वीर अस्पतालमा परीक्षणका लागि आएको र चिकित्सकको सल्लाहअनुसार उपचार जारी रहेको छ ।

     उहाँले हाल सीसीयूमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको जानकारी गराउनुभएको छ । 

    ढकालको स्वास्थ्य अवस्थाबारे नियमित निगरानी भइरहेको छ भने आवश्यक परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइएको छ।
    महानिर्देशक भएपनि डा. ढकालले हालसम्म कुनै पनि निर्णय लिनसक्नुभएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार