काठमाडौँ, २ बैशाख । औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गीले पाउनुभएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
पत्रमा अर्के व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ ।
यसअघि गत २६ चैतमा मन्त्री मेहताले विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तान्नुभएको थियो ।
कानून विपरित औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि ढकाललाई मन्त्री मेहताले मन्त्रालय तान्नुभएको हो ।
आरोपबारे छानविन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।