• बिहीबार , ५ कात्तिक २०८३
  • images

    कान्तिपुर डेन्टल कलेजलाई राष्ट्रिय हेल्थ अवार्ड प्रदान

    कान्तिपुर डेन्टल कलेजलाई राष्ट्रिय हेल्थ अवार्ड प्रदान

    शनिबार, चैत २८ २०८२
    शनिबार, चैत २८ २०८२
    कान्तिपुर डेन्टल कलेजलाई राष्ट्रिय हेल्थ अवार्ड प्रदान

    काठमाडौँ, २८ चैत । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँलाई सम्मान गरिएको छ ।

    स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजना गरिएको विशेष समारोहमा पूर्वस्वास्थ्यमन्त्री डा सुधा गौतम शर्माले उक्त संस्थालाई अवार्ड प्रदान गर्नुभएको हो ।

    images

    मुख तथा दाँत स्वास्थ्यको क्षेत्रमा संस्थागत विकासका साथै सेवा विस्तारमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटललाई राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मान गरिएको हो ।

    अवार्ड ग्रहण समारोहमा केडीसीका तर्फबाट प्रिन्सिपल प्राडा रबिन्द्रमान श्रेष्ठ, अस्पताल निर्देशक डा प्रतिक्षा श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठको उपस्थिति रहेको थियो ।

    कार्यक्रमका अवसरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले नेपालका सातै प्रदेशबाट छनोट गरिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा संस्थालाई समेटेर यस वर्ष कुल २० विधामा अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार