• बिहीबार , २९ असोज २०८३
  • images
    images

    करार चिकित्सकको तलबका लागि ७० करोडभन्दा बढी बजेट निकासा

    करार चिकित्सकको तलबका लागि ७० करोडभन्दा बढी बजेट निकासा

    लामो समयदेखि रोकिएको भुक्तानी समस्या समाधान हुने अपेक्षा, सातै प्रदेशमा रकम हस्तान्तरण

    आइतबार, चैत १५ २०८२
    आइतबार, चैत १५ २०८२
    करार चिकित्सकको तलबका लागि ७० करोडभन्दा बढी बजेट निकासा

    काठमाडौं, १५ चैत । अर्थ मन्त्रालयले प्रदेश सरकार मातहत सञ्चालनमा रहेका अस्पतालहरूमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब–भत्ता भुक्तानीका लागि ७० करोड २१ लाख ७८ हजार रुपैयाँ बजेट निकासा गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावअनुसार गत १५ फागुनमा उक्त रकम वित्तीय हस्तान्तरणका रूपमा स्वीकृत गरिएको थियो। सो बजेट सातै प्रदेश सरकार अन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूमा पठाइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

    images

    उहाँका अनुसार बजेट निकासा भएसँगै सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई तलब–भत्ता व्यवस्थापनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गरिएको छ।

    लामो समयदेखि करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भोग्दै आएको तलब भुक्तानीको समस्या यस निकासापछि समाधान हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।

    सरकारले स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो बजेट निकासालाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी दुर्गम तथा स्रोत अभाव भएका प्रदेशहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

    कुन प्रदेशले कति पायो ?
    कोशी प्रदेश – ७ करोड ३ लाख रुपैयाँ

    मधेश प्रदेश – ५ करोड ४९ लाख ८७ हजार रुपैयाँ

    बागमती प्रदेश – १९ करोड ५० लाख रुपैयाँ

    गण्डकी प्रदेश – ७ करोड ९८ लाख ३६ हजार रुपैयाँ

    लुम्बिनी प्रदेश – ६ करोड २५ लाख ५५ हजार रुपैयाँ

    कर्णाली प्रदेश – १९ करोड ७० लाख रुपैयाँ

    सुदूरपश्चिम प्रदेश – ४ करोड २५ लाख रुपैयाँ

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार