काठमाडौं, ५ चैत । नेपाली कांग्रेस सभापति तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले पदबाट राजीनामा दिनुभएको छ ।
थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाउनुभएको हो ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्याशित हार बेहोरेको थियो। चुनावमा सभापति थापा समेत पराजित हुनुभएको थियो ।
कांग्रेसले ६ चैतमा बैठक बोलाएको थियो। केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुने बताइएको छ।
भृकुटीमण्डपमा २७ देखि ३० पुससम्म भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।