• सोमबार, २ कात्तिक २०८३
  • images

    चिकित्सक संघको स्थगित निर्वाचन गर्ने तयारी: बुधबार उम्मेदवारसँग छलफल गरिने

    चिकित्सक संघको स्थगित निर्वाचन गर्ने तयारी: बुधबार उम्मेदवारसँग छलफल गरिने

    आइतबार, चैत १ २०८२
    आइतबार, चैत १ २०८२
    चिकित्सक संघको स्थगित निर्वाचन गर्ने तयारी: बुधबार उम्मेदवारसँग छलफल गरिने

    काठमाडौं , १ चैत । नेपाल चिकित्सक संघको स्थगित भएको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउन उम्मेदवारसँग छलफल गर्ने भएको छ ।

     निर्वाचन समितिले आगामी बुधबार उम्मेदवारहरूसँग छलफल गर्ने भएको हो।

    images

    निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यका अनुसार २०८२ चैत ४ गते बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा सबै उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ। छलफलमा स्थगित निर्वाचन कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राय सुझाव लिइने जनाइएको छ।

    नेपाल चिकित्सक संघ (एनएमए) को 
     निर्वाचन यसअघि विभिन्न कारणले प्रभावित हुँदै आएको थियो। 

    प्रारम्भमा केही उम्मेदवारले नियम विपरीत आफ्नो नाम अन्तिम नामावलीमा समावेश नगरिएको भन्दै अदालतमा उजुरी दिएका थिए। 

    अदालतले उनीहरूको नामसमेत समावेश गर्न आदेश दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भएको थियो।

    तर त्यसको केही समयपछि निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचन का लागि जारी गरेको निर्वाचन आचारसंहिता लागू भएपछि संघको निर्वाचन कार्यक्रम सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको थियो। 

    आयोगले २०८२ माघ ७ गते पठाएको पत्रका आधारमा संघको निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो।
    अब उक्त आचारसंहिताको अवधि समाप्त भइसकेपछि २०८२ फागुन ३० गते बसेको निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया पुनः अघि बढाउने विषयमा उम्मेदवारहरूसँग छलफल गर्ने निर्णय गरेको हो।

    समितिले सबै उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आवश्यक सुझाव दिन आग्रह गरेको छ। छलफलपछि निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार