• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    नेपाली उद्योगीले उच्च गुणस्तरीय औषधी उत्पादन गरेका छन्ः एपोन अध्यक्ष अधिकारी

    नेपाली उद्योगीले उच्च गुणस्तरीय औषधी उत्पादन गरेका छन्ः एपोन अध्यक्ष अधिकारी

    शुक्रबार, फागुन २९ २०८२
    शुक्रबार, फागुन २९ २०८२
    नेपाली उद्योगीले उच्च गुणस्तरीय औषधी उत्पादन गरेका छन्ः एपोन अध्यक्ष अधिकारी

    काठमाडौं, २९ फागुन ।  नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधी उद्योगीहले उच्च गुणस्तरीय औषधि उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपाली औषधि उद्योगको उपलब्धिहरूको चर्चा गर्दै उच्च गुणस्तरमा उत्पादन भइरहेको बताउनुभएको हो । 

    नेपाल फर्मा एक्स्पो २०२६ को उद्घाटनका  क्रममा उहाँले भन्नुभयो,“हामी गर्व गर्छौं कि नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन्।”  आज करिब ५० प्रतिशत औषधि बजारमा नेपालीहरूले प्रयोग गरिरहेका छन् भने उत्पादनको हिसाबले करिब ७० प्रतिशत औषधि स्वदेशमै बनाइरहेका छौं। यो केवल गर्वको विषय मात्र होइन, देशलाई औषधिमा आत्मनिर्भर बनाउने ज्वलन्त उदाहरण पनि हो।

    अधिकारीले एक्सपोको उद्देश्य औषधि निर्माणमा प्रयोग हुने विश्वव्यापी प्रविधि र नविनतम उपकरणहरू प्रदर्शन गर्नु रहेको उल्लेख गर्नुभयो । यस एक्सपोले नेपाली औषधि उद्योगको क्षमता, संवेदनशीलता र गुणस्तरको प्रमाण देखाउने अवसर दिनेछ। नेपाली औषधि अब विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्षम छ र झन्डै १४ मुलुकमा निर्यात भइसकेको छ,अधिकारीले भन्नुभयो । 
    उहाँले उपस्थित सबै सरोकारवालाहरूसँग आग्रह गर्दै देशमा आवश्यक औषधि उत्पादन र प्रवर्द्धनका लागि नीतिगत सुधार र नविन नीतिहरू अपनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले  स्वास्थ्य र औषधि क्षेत्रलाई अझ सशक्त र अब्बल बनाउने बताउनुभएको  छ । 
    अधिकारीले आयोजक  टिम, स्पोन्सर र सहभागी सबैलाई धन्यवाद दिँदै एक्सपोमा प्रत्यक्ष सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार