• शुक्रबार, ३० असोज २०८३
  • images

    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ६२ जना प्राध्यापक र उप–प्राध्यापक माग

    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ६२ जना प्राध्यापक र उप–प्राध्यापक माग

    शुक्रबार, फागुन ८ २०८२
    शुक्रबार, फागुन ८ २०८२
    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ६२ जना प्राध्यापक र उप–प्राध्यापक माग

    काठमाडौं, ८ फागुन ।  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ । 

    शुक्रबार विश्वविद्यालयले सूचना प्रकाशित गर्दै प्राध्यापक र उप–प्राध्यापक माग गरेको हो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक माग गरेको हो । 

    images

    विश्वविद्यालयले विभिन्न संकायका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । जसका लागि विभिन्न पदहरूमा करारमा जनशक्ति माग गरिएको हो । सूचना अनुसार एनाटोमी–१, फिजियोलोजी–१, प्याथोलोजी–१, माइक्रोबायोलोजी–१, बायोकेमेस्ट्री–१, कम्युनिटी मेडिसिन–१, फरेन्सिक मेडिसिन–१, फर्माकोलोजी–१, नर्सिङ–१, इन्टरनल मेडिसिन–२, ईएनटी–१, अब्स एन्ड गाइनो–१, जनरल सर्जरी–२, एनेस्थेसियोलोजी–२, डर्माटोलोजी–१, डेन्टल सर्जरी–१, पेडियाट्रिक्स–१, रेडियोलोजी–१, साइकियाट्री–१, अर्थोपेडिक्स–१, जनरल प्राक्टिस–१, अप्थाल्मोलोजी–१, मेडिकल एजुकेशन–१ गरी प्राध्यापक तथा सह–प्राध्यापक पदमा आवेदन माग गरिएको छ । त्यस्तै, विश्वविद्यालयले उप–प्राध्यापक पदमा एनाटोमी–२, फिजियोलोजी–२, प्याथोलोजी–२, माइक्रोबायोलोजी–२, बायोकेमेस्ट्री–२, कम्युनिटी मेडिसिन–२, फरेन्सिक मेडिसिन–२, फर्माकोलोजी–२, नर्सिङ–२, इन्टरनल मेडिसिन–३, ईएनटी–१, अब्स एन्ड गाइनो–३, जनरल सर्जरी–३, एनेस्थेसियोलोजी–२, डर्माटोलोजी–१, डेन्टल सर्जरी–१, पेडियाट्रिक्स–३, रेडियोलोजी–१, साइकियाट्री–१, अर्थोपेडिक्स–३, जनरल प्राक्टिस–२, अप्थाल्मोलोजी–२, मेडिकल एजुकेशन–२ पदमा आवेदन माग गरेको छ । यसका साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन निर्माणको काम पनि भइरहेको जानकारी गराइएको छ ।
    हेरौं सूचना: 

    att.oV6VhkmIXP74WkHYTJTvVybQ5pltzMr_M3fbhCIOCR0-768x1198.jpeg

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार