काठमाडौं, १८ माघ । बालेन शाहको चुनावी प्रचारप्रसारमा जानुभएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
उहाँलाई एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको भएको थियो ।
अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौलाका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उहाँको टोलीमा रहेर सिटौला अछाम जानुभएको थियो ।
सोही समयमा उहाँ बेहोस भएर ढल्नु भएको थियो।