अछाम, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानमा हिड्नुभएका दीनेश सिटौला बिरामी हुनुभएको छ ।
अचानक बेहोस भएर लड्नुभएका सिटौलालाई तत्कालै उपचारका लागि अछामस्थित जिल्ला अस्पतालमा लगिएको थियो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलेश प्रसाद यादवका अनुसार सिटौला अस्पतालमा ल्याउँदा होसमा हुनुहुन्नथियो ।
डा यादवका अनुसार बेहोस अवस्थामा ल्याइएका सिटौलालाई अस्पतालमा ल्याउँदा पल्स र रक्तचाप नै थिएन्।
एक जना स्वास्थ्यकर्मी पनि सँगै जानुभएको छ, डाक्टर यादवले भन्नुभयो ।
सिटौलालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।
सुरुमा उहाँको बीपी र पल्स नै थिएन। त्यसपछि हामीले तत्कालै मुटुको चाल फर्काउन कार्डियोपल्मोनरी रिसससिटेसन (सीपीआर) गर्यौं।
डा यादवले भन्नुभयो,“डिसी सक र ४५ मिनेटसम्म सीपीआर गरेपछि उहाँको मुटुको चाल फर्कियो।”
डा यादवका अनुसार बिहान पौने १० बजेतिर अस्पतालमा ल्याउँदा सिटौलाको शरीरमा अक्सिजनको मात्रा पनि निकै कम थियो।
डा यादबले उहाँको टाउकोमा भित्र चोट लागेर मस्तिष्कमा असर गरेको वा कार्डियाक अरेस्ट भएको हुनसक्ने बताउनुभयो। अस्पतालमा उपलब्ध भएको स्रोत र सधानका आधरमा आवश्यक उपचारपछि उहाँलाई तत्कालै सिटी स्क्यान गर्ने र मुटु र मस्तिष्कको विशेषज्ञ उपचार गर्नसक्ने क्षमता भएको अस्पतालमा लैजान भनेका हौं।”
डाक्टर यादवले अस्पतालबाट रेफर भएर निसक्दा सिटौलाका शरीरका अंगहरुले काम गरिरहेको तर छिटोभन्दा छिटो विशेषज्ञ उपचार आवश्यक देखिएको बताउनुभयो ।
शरीरमा अक्सिजनको मात्रा राम्रो छ। रक्तचाप भने तलमाथि भइरहेको छ। शरीरका भाइटल्सहरुले काम गरिरहेको छ, तर होसमा भने आइसक्नुभएको छैन। उहाँलाई छिटोभन्दा छिटो विशेषज्ञ सेवा दिने अस्पतालमा लगेर थप उपचार गर्न आवश्यक भएर नै रेफर गरिएको हो।