काठमाडौं, ८ माघ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा अनुप बास्तोलालाई दिइएको छ ।
स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले गत ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा बास्तोलालाई सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले टेकु सरुवा अस्पतालमा निर्देशक रहेका डा युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।
कोभिडको समयमा डा बास्तोला टेकु अस्पतालको निर्देशक पदमा हुनुहुन्थ्यो ।