कठमाडौं,साउन ७ गते । यो भिड के को भन्नुहोला ११ यो त विदेशमा काम गर्नका लागि जान तयार गरिरहेका नेपाली युवायुवती हरुको लाइन हो।।खोप लगाइसके पछि पनि संबंधित देशले खोप लगाएको प्रमाण खोजेपछी खोप लगाएको प्रमाणिकरनको लागि टेकु अस्पतालमा लागेको लाइन हो। सरुवा रोग सम्बन्धि नेपालको एक मात्र अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि भिड लाग्ने गरेको छ ।

यो भिड कोरोना परिक्षण गर्नका लागि पिसिआरका लागि होइन न त बिरामी भएर चिकित्सकसंग स्वास्थ्य परिक्षण गर्नैका लागि हो । यो लामो लाईन कोरोना खोप लगाइसकेका व्यक्तिहरुको लाईन हो । लाइनमा बस्नेहरुले यसअघि नै लाइनमा बसेर खोप लगाइसकेका हुन् ।
उनीहरुले लामो लाईन बसेर खोप लगाइसकेपछि खोप लगाएको प्रमाणिकरणका लागि लाइन बस्नु परेको हो । उनीहरुले पुनः घण्टौं लाइन कुरेर खोप लगाएकाहरूलाई फेरि अर्को झन्झट भएको छ । कामको सिलसिलामा विदेश जानेहरूका लागि उक्त देशले खोप लगाएको प्रमाण माग गरेपछि पुनः भिडमा लाइनमा बसेर खोप लगाएको हो भन्नका लागि प्रमाणिकरणका लागि पुगेका हुन् ।

खोप लगाएको प्रमाणीकरण गर्नका लागि अहिले बिहानदेखि राति अबेरसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड लाग्ने गरेको छ । उनीहरुलाई खोप लगाएको १४ दिनपछि सम्बन्धित देशले प्रवेशका लागि अनुमति दिने गरेको छ ।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले दिनमै हजारभन्दा बढीको भिड भएपछि त्यसलाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो ।
