काठमाडौं, २ माघ। नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ।
यसअघि चिकित्सक संघले माग २ गतेदेखि निर्वाचनको तालिका सार्वजनिक गरेको थियो ।
पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार तय गरिएको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको संघको निर्वाचन सनितिले जानकारी दिएको हो।
संघका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यद्वारा जारी सूचनामा अदालतको आदेशका कारण निर्वाचन प्रक्रिया हालका लागि रोकिएको उल्लेख छ।
निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।
यसअघि तय गरिएको कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने मिति तोकिएको थियो। तर हाल ती सबै कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले स्पष्ट पारेको छ।