• मंगलबार, ३ कात्तिक २०८३
  • images
    चिकित्सक संघको निर्वाचन 

    डाक्टर मंगल रावलको समूहबाट १९ जनाको उम्मेदवारी 

    डाक्टर मंगल रावलको समूहबाट १९ जनाको उम्मेदवारी 

    वरिष्ठ उपाध्यक्षमा डा सुवेदी, महासचिवमा खत्री 

    बुधबार, पुस २ २०८२
    बुधबार, पुस २ २०८२
    डाक्टर मंगल रावलको समूहबाट १९ जनाको उम्मेदवारी 

    काठमाडौँ, २ पुस । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनका लागि डा मंगल रावलको नेतृत्वमा १९ जनाले  उम्मेद्धारी दर्ता गराउनुभएको छ ।

    टीम मंगल समूहबाट उम्मेद्धारी दर्ता गर्नेहरुमा अध्यक्ष पदमा डा मंगल रावल हुनुहुन्छ ।

    images

     

    यस्तै बरिष्ठ उपाध्यक्ष पदमा डा कीर्तिपाल सुवेदी,  उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा टंक बाराकोटी, मधेश प्रदेशबाट डा उदय नारायण सिंह, बागमतीबाट डा अरुण शाही, लुम्बिनीबाट डा सन्तोष पोखरेल, गण्डकीबाट डा यज्ञराज सिग्देल, कर्णालीबाट डा रविन खड्का, सुदूरपश्चिमबाट डा निरज अर्याल हुनुहुन्छ ।
    यस्तै डा मंगलको समूहबाट महासचिव पदमा डा कालुसिंह खत्री, कोषाध्यक्षमा डा चन्दनी जयसवाल, सहसचिवमा डा रामजीवन प्रसाद र सह कोषाध्यक्षमा डा सुवास गुरुङ हुनुहुन्छ ।

    यस्तै सदस्यहरुमा डा अमित झा, डा अरुण उप्रेती, डा निराजन तामाङ, डा जेविना अन्सारी, डा दिक्षा बोहरा, डा पल्पसा श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
    चिकित्सक संघको निर्वाचन  काठमाणडौ उपत्यका बाहिर २०८२ माघ २ र ३ गते तथा काठमाणडौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार