• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    एपोन कप फुटसल प्रतियोगिता हुने

    एपोन कप फुटसल प्रतियोगिता हुने

    १६ फर्मास्युटिकल्स कम्पनी सहभागी

    सोमबार, पुस २८ २०८२
    सोमबार, पुस २८ २०८२
    एपोन कप फुटसल  प्रतियोगिता हुने

    काठमाडौं, २८ पुस । नेपाल औषधी उत्पादक संघ (एपोन)को आयोजनामा ‘एपोन कप फूटसल २०२६’ आयोजना हुने भएको छ ।
    एपोनका अध्यक्ष विप्लव अधिकारीले १० औँ फर्मा एक्स्पोको अवसरमा मार्केटिङ सर्कलमार्फत फूटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । 
    उहाँले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै प्रतियोगिताको ट्रफी  सार्वजनिक गर्नुभयो ।
    १० औँ फर्मा एक्स्पोको अवसरमा छैठौँ संस्करणको नेपाल औषधि उत्पादक संघ (एपोन) मार्केटिङ सर्कलको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । 
    टिम परिचय कार्यक्रमका क्रममा एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानले प्रतियोगितामा कुल १६ टिम सहभागी रहने जानकारी दिनुभयो। उहाँका अनुसार सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
    प्रतियोगितामा एशियन फर्मास्युटिकल्स प्रालि, क्वोष्ट फर्मास्युटिकल्स प्र.लि., म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि, पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर प्रालि र टाइम फर्मास्युटिकल्स प्रालि गरी जम्मा १६ टिमको सहभागिता रहनेछ । 
    कार्यक्रममा एपोन स्पोट्र्स कमिटीका जगन्नाथ यादव र प्रवीण श्रेष्ठले टिम क्याप्टेन तथा टिम मेनेजरहरूलाई प्रतियोगिताका नियम, अनुशासन र खेल प्रणालीबारे जानकारी गराउनुभएको थियो। यस्तै सहभागी टिमहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ।

    एपोन कप फूटसल प्रतियोगिताले फर्मास्युटिकल क्षेत्रका व्यवसायी तथा कर्मचारीबीच आपसी सम्बन्ध, टीमवर्क र खेलकुद भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

    apponfootshal-press-1768231329.jpg appon-footshal--press-1768231339.jpg 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार