• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    दशजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

    दशजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

    आइतबार, मंसिर २१ २०८२
    आइतबार, मंसिर २१ २०८२
    दशजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

    नेपालगन्ज, २१ मंसिर । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ।

    ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरू नारायणी रूपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मङ्गलीमाया श्रेष्ठ, गीता शाही, गीता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गर्दै बिदाई गरिएको हो । 

    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला स्वयंसेविका सङ्घ नेपालगन्जकी अध्यक्ष प्रेमा शाहीलगायतले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै बिदाई पनि गर्नुभयो ।

     सो अवसरमा नगर प्रमुख विष्टले सामुदायमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

    उहाँले स्वयंसेविकाको प्रोत्साहन र वृत्ति विकासकालागि नगरपालिका सधैं गम्भीर रहेको बताउनुभयो। 

    कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नं.२ का वडाध्यक्ष मनोजकुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखतर्फबाट शर्मिला सुवेदीलगायतले स्वयंसेविकाको योगदानको प्रशंसा गर्नुभयो 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार