• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    ललितपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

    ललितपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

    शुक्रबार, मंसिर १९ २०८२
    शुक्रबार, मंसिर १९ २०८२
    ललितपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

    काठमाडौँ, १९ मंसिर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर मनाइएको छ ।

    हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ ।

    दिवसका अवसरमा देशभरका विभिन्न स्थानीय तहहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

    यसैक्रममा ललितपुर महानगरले पनि महानगरभित्र रहेका वडाका उत्कृष्ट र अवकाश प्राप्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

    कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताउनुभयो । जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमि हुन नदिने उहाँको भनाइ छ ।

    स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार