• सोमबार, २६ असोज २०८३
  • images

    एकलाख राशीको युरोप–नेपाल स्वास्थ्य पुरस्कार चिकित्सक संघलाई प्रदान गरिने 

    एकलाख राशीको युरोप–नेपाल स्वास्थ्य पुरस्कार चिकित्सक संघलाई प्रदान गरिने 

    सोमबार, मंसिर ८ २०८२
    सोमबार, मंसिर ८ २०८२
    एकलाख राशीको युरोप–नेपाल स्वास्थ्य पुरस्कार चिकित्सक संघलाई प्रदान गरिने 

    काठमाडौं,८ मंसिर ।  युरोपमा नेपाली स्वास्थ्य सेवाकर्मीहरुको समाजले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गर्ने घोषणा गरेको छ। 

    पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरिने समाजले जनाएको छ। 

    यस वर्षको उद्घाटन संस्करणको विजेता भन्दै संघ यो पुरस्कार पाउने पहिलो संस्था बनेको छ। 

    संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिन लागेको हो। 

    यो पुरस्कार नेपालमा स्वास्थ्य सेवा सुधारमा योगदान दिने र स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार सुदृढ पार्ने व्यक्तित्व, समूह वा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो। यो पुरस्कार हरेक वर्ष प्रदान गरिने समाजले जनाएको छ। 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार