• बुधबार, २८ असोज २०८३
  • images

    सिंहदरबार सर्‍यो  स्वास्थ्य मन्त्रालय 

    सिंहदरबार सर्‍यो  स्वास्थ्य मन्त्रालय 

    डब्लुएचओ सहयोगमा बनाएको  भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    बुधबार, मंसिर ३ २०८२
    बुधबार, मंसिर ३ २०८२
    सिंहदरबार सर्‍यो  स्वास्थ्य मन्त्रालय 

    काठमाडौँ, ३ मंसिर । आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सरेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयले सिंहदरबारभित्र निर्माण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ प्रिफ्याब भवन औपचारिक रूपमा हस्तान्तरण गरेपछी मन्त्रालय सिंहदरबारभित्र सरेको हो ।

    सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा डब्लुएचओको सहयोगमा बनेका प्रिफ्याब संरचना बुधवार मन्त्रालयलाई बुझाइएकाे हाे। 

    एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम तथा मन्त्रालयका अधिकारीहरूलाई डब्लुएचओले भवन हस्तान्तरण गरेको हो।


    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भवन हस्तान्तरणसँगै रामशाहपथस्थित पुरानो मन्त्रालयबाट आजदेखि नै सराइ प्रक्रिया सुरू भएको  जानकारी दिनुभयो। उहाँका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवा–सुविधा सिंहदरबारभित्रैबाट सञ्चालन हुनेछन्।


    उहाँले  सो क्षेत्रमा सेनाका केही पुराना भवन पनि रहेको जानकारी दिदै ती मध्ये केहीमा मर्मत सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको मर्मत कार्य भइरहेको बताउनुभयो ।

    गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार र संसद् भवनमा आगजनी हुँदा मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

     त्यसपछि अस्थायी रूपमा मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको थियो।
    प्रवक्ता बुढाथोकीले मन्त्रालयलाई स्थायी रूपमा सिंहदरबारभित्र राख्ने गरी काम अघि बढेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार