• बुधबार, २८ असोज २०८३
  • images
    images

    नर्सको आन्दोलनमा स्वास्थ्यका पेशागत संगठनको ऐक्यबद्धता

    नर्सको आन्दोलनमा स्वास्थ्यका पेशागत संगठनको ऐक्यबद्धता

    बुधबार, कात्तिक १९ २०८२
    बुधबार, कात्तिक १९ २०८२
    नर्सको आन्दोलनमा स्वास्थ्यका पेशागत संगठनको ऐक्यबद्धता

    काठमाडौँ, १९ कात्तिक । देशभरका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलनमा स्वास्थ्यका पेशागत संगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।


    नर्सहरुले झण्डै डेढ महिनाअघिदेखि पारिश्रमिक तथा श्रम–अधिकारका मागसहित आन्दोलन चर्काउँदै आएका छन् । 

    images


    बुधबार पनि विभिन्न स्वास्थ्यकर्मी संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नर्सको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

    संयुक्त विज्ञप्तिमा भनिएको छ, “नर्स र स्वास्थ्यकर्मीहरूले भोग्दै आएका पारिश्रमिकका समस्या गम्भीर बन्दै गएको र श्रम शोषणको चरम अवस्था अन्त्य गर्न सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरिएको छ।”

     विज्ञप्ति अनुसार, आन्दोलनलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयास भइरहेकामा ती प्रयास असफल हुने चेतावनी पनि दिइएको छ।

     

    नर्स संघर्ष समिति, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, नेपाल रेडियोलोजिकल सोसाइटी, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल ९मेलान०, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल सीएमए संघ, र नेपाल दृष्टि  विशेषज्ञ संघलगायतका संगठनहरूले विज्ञप्तिमा हस्ताक्षर गर्दै नर्स र स्वास्थ्यकर्मीहरूको आन्दोलनलाई न्यायसंगत र अपरिहार्य भनेका छन्।
    हेरौँ सूचनाः 

    1000117626-1762355263.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार