• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    गाजाको स्वास्थ्य प्रणाली ध्वस्त 

    गाजाको स्वास्थ्य प्रणाली ध्वस्त 

    अनियन्त्रित रोग फैलिने विश्व स्वास्थ्य संगठनको चेतावनी

    शुक्रबार, असोज ३१ २०८२
    शुक्रबार, असोज ३१ २०८२
    गाजाको स्वास्थ्य प्रणाली ध्वस्त 

    कायरो, ३१ असोज । विश्व स्वास्थ्य  संगठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पताल मात्र चलिरहेको द्वन्द्व र विनाशको बिचमा आंशिकरूपमा काम गरिरहेका छन् । 

    पत्रकारसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा।हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताउनुभएको छ । 

    गाजामा स्वास्थ्य संस्था थोरै बाँकी रहेको बताउदै उहाँले मेनिन्जाइटिस, गुइलेन(बार्रे सिन्ड्रोम, र श्वासप्रश्वाससम्बन्धी रोगलगायत सङ्क्रामक रोगको अनियन्त्रित फैलावटको चेतावनी दिनुभएको छ ।  

    डब्ल्यूएचओको तथ्याङ्कअनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा छन् भने कर्मचारी अभावको कारण आंशिकरूपमा मात्र सेवा दिइरहेका छन् । डा बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौं डलर र दशकौंको काम लाग्ने कुरामा जोड दिदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताउनुभएको छ ।  

    सन् २०२३ अक्टोबर(७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्कअनुसार स्वास्थ्य सुविधामा ८०० भन्दा बढी आक्रमण रिपोर्ट गरिएको छ । बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले  बाल्यकालका आवश्यक खोपसमेत गुमाएको बताउनुभएको छ । चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कैयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाई बालबालिका रहेको खुलासा गरेको थियो ।

    गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बरभन्दा बढी भएको छ, तैपनि हालको सेवामा निकै कमी आएको एजेन्सीले जनाएको छ । डा बाल्खीले घाइते व्यक्तिलाई वेस्ट ब्याङ्क वा छिमेकी देशमा उपचारका लागि तत्काल कारबाही गर्न अपिल गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीको पहुँच बढाउन आह्वान गर्नुभयो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तीमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ । 
    रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार