काठमाडौँ, २३ असोज । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकले बिरामीका लागि औषधी सिफारिस गर्दा क्यापिटल लेटरमा जेनरिक नेममा गर्नुपर्ने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा. सुवास प्रसाद आचार्यद्धारा हस्ताक्षरित सूचनामा चिकित्सकले क्यापिटल लेटरमा जेनरिक नाममा औषधी लेख्न चिकिस्सकलाई निर्देशन दिनुभएको छ।
डा.आचार्यले नेपाल सरकार तथा डीन कार्यालयबाट औषधी प्रेस्काइब गर्दा जेनरिक नेममा क्यापिटल लेटरमा लेख्न निर्देशन आएको उल्लेख गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
सूचना अनुसार यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयवाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि ‘प्रेस्क्राइब जेनेरिक’मा ‘क्यापिटल लेटर’मा गर्न जानकारी गराईन्छ ।’
नेपालमा चिकित्सकहरुलाई जेनरिक नेममा औषधीको प्रेस्काइब गर्नु पर्ने भन्ने निर्देशन यस अघि पनि आएको थियो । तर चिकित्सकहरुले त्यसको पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् ।
हेरौँ सूचनाः