काठमाडौँ, २ साउन । ओम अस्पताल विरुद्ध परेको मुद्धामा उपभोक्ता अदालतले यसअघि नै चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल र उपचारमा सम्लग्न चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गरिसकेको छ ।
उक्त आदेशको पूर्ण पाठ आएको छ । उपभोक्ता अदालतले गत २९ जेठका दिन उपचारमा लापरवाही भएको ठहर गर्दै पीडित पक्षलाई अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने गरी एक मुद्धाको फैसला गरेको थियो । त्यसबेला लापर्वाही पुष्टी गर्दै चावहिलस्थित ओम अस्पताल र त्यहाँ उपचारमा सम्लग्न दुई जना डाक्टरबिरुद्ध कुल ५६ लाख ८१ हजार रुपैयाँ रिट निवेदक (पीडित पक्ष)लाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
उक्त रकममध्ये अस्पतालको भागमा ५० लाख ७० हजार रुपैयाँ र उपचारमा सम्लग्न डा सरोज कुमार गोहिवार र डा सायुज्यराज घिमिरेबाट ३ लाख ५ हजार ५०० रुपैयाँका दरले क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको थियो ।
सो फैसला आएपछि चिकित्सक तथा अस्पताल सञ्चालकहरुले विरोधमा उत्रिएका थिए । उनीहरुले उपभोक्ता अदालतको गतिविधिलाई नियन्त्रण गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलन पछि सरकार उपभोक्ता संरक्षण ऐन संसोधन गर्ने योजनामा अघि बढेको छ ।
त्यसबेला ओम अस्पताल र त्यहाँ कार्यरत चिकित्सकबिरुद्ध परेको रिटमा अदालतका अध्यक्ष राम प्रसाद शर्मा, सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले फैसला गरेको हो । अदालतका स्रेस्तेदार शोभाकर खरेलले ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएका हरिप्रसाद गौतमको उपचारमा लापरवाही भएको भन्दै छोरा बसन्त गौतमले ५ करोड क्षतिपूर्ति पाउँ भनेर दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको बताए ।
सो आदेशमा अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
उजुरीकर्ताका अनुसार ९८ वर्षको बिरामी २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो।
इमरजेन्सीमा कार्यरत सामान्य चेकजाँच पश्चात एक्सरे अध्ययन गरी खासै केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर केही औषधि लेखि डिस्चार्ज गरेको उजुरीमा उल्लेख छ।
डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुखाइ कम नभएपछि हामी परिवारका अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ।
सही उपचार नगरी लापरबाही भएका कारण अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै उनले ५ करोड क्षतिपूर्ति पाउँ भन्दै मुद्दा दायर गरेका थिए।
हेरौँ उपभोक्ता अदालतको पूर्ण पाठः