काठमाडौं, १० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका चार रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि ५५ जनाको आवेदन परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार बेलुकासम्म ५५ जनाको आवेदन परेको हो ।
मन्त्रालयले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
आवेदकहरुले सूची बुधबार प्रकाशित हुने मन्त्रालय श्रोतले जानकारी दिएको छ ।