• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठको बढुवा

    स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठको बढुवा

    सोमबार, जेठ २६ २०८२
    सोमबार, जेठ २६ २०८२
    स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठको बढुवा

    काठमाडौं, २६ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

    images


    अतिरिक्त सचिवका लागि बढुवा समितिले ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।

    डा ढकाल प्रादेशिक अस्पताल सुर्खेतमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ भने  डा श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

    स्वास्थ्य मन्त्रालयमा चार जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ। जसमध्ये हाल दुई वटा पद रिक्त छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार