काठमाडौं, १४ जेठ । राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा तिनदिने ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ´ सुरु भएको छ।
तालिममा २४ जना सहभागी छन्। राष्ट्रिय तालिम केन्द्रको सहयोगमा सेन्टरले 'पाइलट प्रोजेक्ट'का रुपमा सुरु तालिम सुरु गरेको हो।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजालले आकस्मिक कक्षमा आएका बिरामीहरुलाई राम्रो सपोर्ट गर्न सके उसको थप क्षति नहुन र जीवन बचाउन सकिने भन्दै त्यही लक्ष्य प्राप्तिका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।

उहाँले तालिममा थाइल्यान्डको अस्पतालका ईमर्जेन्सी एक्सपर्ट डाक्टरहरु रहेको जानकारी दिदै आकस्मिक उपचार केन्द्रित तालिम हुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले व्यवसायिक क्षमता अभिवृद्धिका लागि नियमित तालिमको आवश्यक पर्ने बताउनुभयो ।
उहाँल ट्रमा केयर तालिमले गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने भन्दै स्वास्थ्य क्षेत्र सुदृढ गर्न स्वास्थ्य क्षेत्रको जनशक्तिलाई नै पूर्ण रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।
उहले स्वास्थ्य क्षेत्रमा यस्ता तालिम नियमित आवश्यक हुने बताउनुभयो ।
बीमा सुदृढ भएमा अस्पतालको आम्दानी र सेवाको गुणस्तर राम्रो हुने बताउदै पौडेलले यसबाट सरकारी अस्पतालमा बिरामीको विश्वास बढ्दै गएको बताउनुभयो ।
कार्यकममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले न्याम्सको प्रमुख उदेश्य नै जनशक्ति उत्पादन नै रहेको भन्दै नियमित पोस्ट ग्राजुयट कोर्स संचालन भइरहेको बताउनुभयो। त्यस्तै छोटा तर स्पेसिफिक तालिमहरु दिनेक्रममा ट्रमा केयरले यस्ता तालिम दिन लागेको उहाँको भनाइ छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले गुणस्तरीय स्वास्थ्य पुर्याउने उदेश्यलाई थप मजबुत बनाउन विभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुलाई तीन दिने ट्रमा सपोर्टको तालिम दिन लागेको बताउनुभयो।
तालिम राष्ट्रिय स्वास्थ तालिम केन्द्र र ट्रमा सेन्टरसँगको सहकार्यमा गरिएको हो ।
तालिमको नेतृत्व ट्रमा सेन्टरका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा रुपेश कुमार यादवले गर्नुभएको छ ।
दुई दर्जन भन्दा बढी नेपाली डाक्टरहरुले यो तीन दिनमा तालिम दिने छन् भने थाइल्याडको खोन केन अस्पतालबाट बाट ट्मा केयरका डा रात्रवी पट्टनरत्तनमोली, डा वरिट वेरावताकुल र डा तवाचाई इम्पुल तीन जना विज्ञहरु समेत आउनुभएको छ ।