• सोमबार, १५ भदौ २०८३
  • images

    शुक्रराज अस्पतालले दियो ८० जना कर्मचारीलाई क्रिटिकल तथा इमरजेन्सी केयर तालिम

    शुक्रराज अस्पतालले दियो ८० जना कर्मचारीलाई क्रिटिकल तथा इमरजेन्सी केयर तालिम

    आइतबार, साउन ३१ २०७८
    आइतबार, साउन ३१ २०७८
    शुक्रराज अस्पतालले दियो ८० जना कर्मचारीलाई क्रिटिकल तथा इमरजेन्सी केयर तालिम


    काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई क्रिटिकल तथा इमरजेन्सी केयर सम्बन्धी तालिम दिएको छ। जटिल खालका कोरोनाको उपचार थप व्यवस्थित रुपले गर्नका लागि भन्दै अस्पतालले आफ्ना ८० जना कर्मचारीहरुलाई तालिम दिएको हो। मेडिकल अफिसर, स्टाफ नर्स, इमरजेन्सी तथा ओपिडी सुपरभाइजर, हेल्थ असिस्टेन्ट लगायत ८० जना कर्मचारीलाई तालिम दिइएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो । 
    साउन महिनाभर २०÷२० जनाको दरले चार सेशनमा तालिम दिइएको हो। शहिद गंगालाल ह्रदय रोग केन्द्र, आर्मी अस्पताल, नेपाल एपीएफ र शुक्रराज अस्पतालका विज्ञहरुले क्रिटिकल तथा इमरजेन्सी केयरका विषयमा तालिम दिएका थिए। स्वास्थ्यकर्मीहरुलाई यस किसिमको तालिमले उपचार थप व्यवस्थित र प्रभावकारी हुने अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताउनुभयो । 
    विभिन्न अस्पतालहरुले आफ्ना कर्मचारीहरुलाई यस किसिमको तालिम प्रदान गर्न सके कोरोनाको उपचारलाई थप व्यवस्थित गर्न सकिने उनको भनाई छ। स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि यस किसिमको तालिम आगामी दिनमा पनि गर्दै जाने उहाँले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार