• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    तीन कक्षामा अध्ययनरत दश वर्षका बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

    तीन कक्षामा अध्ययनरत दश वर्षका बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

    मंगलबार, वैशाख १६ २०८२
    मंगलबार, वैशाख १६ २०८२
    तीन कक्षामा अध्ययनरत दश वर्षका बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

    नेपालगञ्ज,१६ वैशाख। बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खाल्डोमा गाडिएको अवस्थामा एक बालकको शव फेला परेको छ। करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो।

    कुशल कोहलपुर नगरपालिका क्षेत्रमै डेरा गरी बस्ने यशोदा बुढाका छोरा हुनुहुन्छ । मृतक कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत हुनुहुन्थ्यो । वैशाख ८ गतेदेखि हराइरहेका कुशलका बारेमा उहाँकी आमाले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिनुभएको थियो।

    स्थानीय एक व्यक्तिले बाख्रा चराउने क्रममा खेतमा बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर सानो खाल्डो खनेर गाडिएको अवस्थामा बालकको शव फेला पारेको हो। शव नजिकै परालले छोपिएको अवस्थामा साइकल र बालकले लगाउने टिसर्ट समेत भेटिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बालकका बुबाको केही वर्षअघि नै मृत्यु भएको थियो। उहाँकी आमा यशोदाले हाल निरकनाथ योगीसँग पुनः विवाह गर्नुभएको थियो । उहाँको सवपरिवार कोहलपुरमै डेरा गरी बस्दै आउनुभएको थियो । 
    हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि बालककी आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिइएको छ। बालकको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार