• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सकको निर्वाह भत्ता  ४८ हजार ७३७ कि आठौं तह बराबर !

    चिकित्सकको निर्वाह भत्ता  ४८ हजार ७३७ कि आठौं तह बराबर !

    मंगलबार, वैशाख १६ २०८२
    मंगलबार, वैशाख १६ २०८२
    चिकित्सकको निर्वाह भत्ता  ४८ हजार ७३७  कि आठौं तह बराबर !

    काठमाडौं,१६  वैशाख । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको निर्वाह भत्ता  ४८ हजार ७३७ रुपैँया कि आठौं तहका चिकित्सकले पाउने तलब बराबर भन्नेमा विवाद सिर्जना भएको छ । 
    निजी मेडिकल कलेजका चिकित्सकहरुको निर्वाह भत्ता सरकारी आठौं तहका मेडिकल अधिकृत सरह हुनुपर्ने माग राख्दै देशभरका चिकित्सक आन्दोलनमा छन्। सरकारले तोकेको ४८हजार ७३७ रुपैँया आफूहरुले मान्न तयार नभएको आवासीय चिकित्सकको भनाई छ । 
     चिकित्सा शिक्षा आयोगले उनीहरुको माग अनुसार निर्णय नगरी भत्ताका विषयमा रकम तोकेर निर्णय गरेको छ। आवासीय चिकित्सकहरुले रकम नतोकी आठौँ तहका चिकित्सकले पाउने तलब बराबर हुनुपर्ने भन्दै आन्दोलन जारी राखेका छन् । 

    आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अघिल्लो दिन मात्र बसेको आयोगको १९औं बैठकले आवासीय चिकित्सकहरुलाई ४८ हजार ७३७ रुपैयाँ उल्लेख गरेर भत्ता तोक्ने निर्णय गरेको थियो । 
    यो निर्णयपछि आवासीय चिकित्सकहरुको निर्वाह भत्ता तत्काललाई बढ्ने देखिएपनि सरकारी आठौं तहका चिकित्सकहरुको तलब बढ्दै जाँदा आवासीय चिकित्सकहरुको भत्ता भने ४८ हजार ७३७ रुपैयाँ नै रहने अवस्था आउने भएकोले आन्दोलनलाई जारी राख्ने बताएका छन् । 

    निजी मेडिकल कलेज सञ्चालकहरुले निजीमा तहको विषयमा कुनै जानकारी नहुने भन्दै रकम तोक्नुपर्ने अडान लिएका थिए। प्रधानमन्त्रीले ओलीले निजी मेडिकल कलेजकै माग अनुसार तह नलेखी रकम तोक्न निर्देशन दिनुभएको थियो । 

    भएन सहमति

    मंगलबार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि आठौं तह भन्ने विषय उल्लेख भएको छैन। शिक्षा मन्त्री रघुजी पन्त र एशोशियशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह  कार्कीसहितको प्रतिनिधिहरुले मंगलबार छलफल भएको थियो । 
    यता नेपालचिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले शिक्षा मन्त्रालयको विज्ञप्तिमा आठौं तह भन्ने शब्द नै नपरेका कारण आन्दोलनका कार्यक्रम जारी राख्ने जानकारी दिनुभयो । उहाँले आन्दोलन स्थगित नहुने जानकारी दिदै शिक्षा मन्त्रालयको विज्ञप्ति लगत्तै यो विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 
    उहाँले शिक्षा र स्वास्थ्य मन्त्रीसँग छलफल गरेको र उक्त निर्णय मान्य नहुने जानकारी गराइसकेको जानकारी दिनुभयो । 
    शिक्षा मन्त्रालयको विज्ञप्तिः 
     
     चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको १६औं बैठकबाट निर्देशन भए अनुसार सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकवाट पारित भएको निर्वाह भत्ता मासिक ४८ हजार ७३७ रुपैयाँ रकम प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    press release education.jpg
    undefined

     

    मन्त्रालयले उक्त सहमती भइसकेको भन्दै प्रदर्शनमा उत्रिएका सबै चिकित्सकलाई प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार