• सोमबार, १५ भदौ २०८३
  • images

    निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा रेग्मी नियुक्त

    निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा रेग्मी नियुक्त

    बुधबार, फागुन २८ २०८१
    बुधबार, फागुन २८ २०८१
    निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा रेग्मी नियुक्त


    काठमाडौँ, २७ फागुन । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त हुनुभएको छ । 
    बुधबार बसेको अस्पताल विकास समितिको बैठकले प्राडा रेग्मीलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    चार वर्षे कार्यकालका लागि निर्देशक बन्नुभएका प्राडा रेग्मी सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । 
    अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चार वर्षे कार्यकाल गत २५ फागुनमा सकिएको थियो । त्यस अघि नै निर्देशक छनौटका लागि प्रक्रिया अघि बढी सकेको थियो । 
    लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशकका लागि नाम सिफारिस समिति समक्ष ११ जनाको आवेदन परे पनि अन्तिममा सो समितिले प्राडा रेग्मी सहित डा. प्रमोद यादव र डा. रुद्र मरासिनीको नाम सिफारिस गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार