• बिहीबार , ५ कात्तिक २०८३
  • images

    फागुन २० गते आईओएमको रिक्त सहायक डीन पदका लागि  अन्तर्वार्तामा हुने 

    फागुन २० गते आईओएमको रिक्त सहायक डीन पदका लागि  अन्तर्वार्तामा हुने 

    शनिबार, फागुन १७ २०८१
    शनिबार, फागुन १७ २०८१
    फागुन २० गते आईओएमको रिक्त सहायक डीन पदका लागि  अन्तर्वार्तामा हुने 

    काठमाडौँ, १७ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डीन पदका लागि छनौट भएका उम्मेदवारलाई  फागुन २० गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।
     सहायक डीन छनौट समितिले सो पदका लागि आवेदन दिएका मध्ये पाँच जनालाई फागुन २० गते ९ बजे अन्तर्वार्ताका लागि बोलाएको हो।

    समितिले आईओएममा रिक्त रहेको सहायक डीन  एक पदका लागि पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

    images


    प्रत्येक उम्मेदवारलाई  अन्तर्वार्ताको समय १५ मिनेट तोकिएको  छ । अन्तर्वार्ता डीन कार्यालय मोहेगो भवनको पहिलो तल्लामा हुने  छ ।
     अन्तर्वार्तामा छनौट भएकाहरूमा  सहप्राडा खेमबहादुर कार्की, प्राडा पलेश्वाँ जोशी लाखे, सह प्राडा पवनराज चालिसे, सह प्राडा विष्णुप्रसाद चौलागाईँ, र सह प्राडा सन्तकुमार दास हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार