• आइतबार, १४ भदौ २०८३
  • images

    मेदान्त आयुर्वेद अस्पताल सञ्चालनमा

    मेदान्त आयुर्वेद अस्पताल सञ्चालनमा

    अभिनेत्री मल्ल र क्याप्टेन लामाद्वारा उद्घाटन

    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    मेदान्त आयुर्वेद अस्पताल सञ्चालनमा

    काठमाडौँ, ३० मंसिर  । मेदान्त आयुर्वेद अस्पताल संचालनमा आएको छ ।
     काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेत्री गौरी मल्ल र क्याप्टेन विजय लामाले आयुर्वेदिक अस्पतालको उद्घाटन गरेका हुन्  । 
     अभिनेत्री गौरी मल्लले आयुर्वेदिक औषधी धेरै  राम्रो हुने बताइन । उनले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी उत्कृष्ट रहेको बताइन् ।

    क्याप्टेन विजय लामाले  खानपान र व्यायाममा ध्यान दिनुपर्ने बताए । 

     मेदान्त आयुर्वेद अस्पतालका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डा. सुवर्ण पौडेलले अस्पतालमा एक सय रुपियाँमा ओपीडी सुरु गरिएको जानकारी दिए ।
    उनले चिकित्सकले बिरामीलाई समय दिएजस्तै  खानपान र स्वास्थ्यका बारेमा सचेत हुनु जरुरी रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार