• आइतबार, १ कात्तिक २०८३
  • images

    घट्दाे क्रममा डेंगु संक्रमण

    घट्दाे क्रममा डेंगु संक्रमण

    बुधबार, कात्तिक २१ २०८१
    बुधबार, कात्तिक २१ २०८१
    घट्दाे क्रममा डेंगु संक्रमण

    काठमाडौं, २१ कार्तिक । नेपालमा डेंगु संक्रमण घट्दै गएको छ।

     इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको जानकारी दिए ।

    images


    सरकारले डेंगुको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेंगु संक्रमण घट्न थालेको हो। नेपालमा अहिले डेंगु संक्रमणको ४५औँ हप्ता चलिरहेको छ।  

    डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए।
     “जाडो बढेसँगै डेंगु संक्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन्। संक्रमण घटेपनि सावधानी अपनाउनुपर्छ।” 

    अहिलेसम्म २९ हजार एक सय ५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए। उनका अनुसार डेंगु संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ। 


    सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेंगु संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। 

    उपत्यकामा छ हजार छ सय १२ जनामा डेंगु संक्रमण देखिएको छ। काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेंगु संक्रमण देखिएको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार