• आइतबार, १ कात्तिक २०८३
  • images

    डेंगु संक्रमणबाट १४ वर्षीया किशोरीको मृत्यु

    डेंगु संक्रमणबाट १४ वर्षीया किशोरीको मृत्यु

    हेल्दीखबर
    आइतबार, भदौ १७ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ १७ २०८०
    डेंगु संक्रमणबाट १४ वर्षीया किशोरीको मृत्यु

    बैतडी, १७ भदौ ।  डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

    भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। 

    images

    चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्। दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार