• आइतबार, १ कात्तिक २०८३
  • images

    हैजाको प्रकोप बढ्याे , २० जनामा संक्रमण

    हैजाको प्रकोप बढ्याे , २० जनामा संक्रमण

    मंगलबार, साउन १५ २०८१
    मंगलबार, साउन १५ २०८१
    हैजाको प्रकोप बढ्याे , २० जनामा संक्रमण

    काठमाडौ, १५ साउन । नेपालमा हैजाको प्रकोप बढीरहेको छ ।
    केहिदिन यतादेखि ललितपुरबाट देखिन सुरु गरेको हैजा काठमाडौँ, ललितपुर र  कैलालीमा गरी कुल २० जनामा हैजा संक्रमण देखिसकिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
    सुरुमा ललितपुरको गोदावरी, त्यसपछि कैलालीको धनगढी र पछिल्लो पटक काठमाडौँको कालिमाटी क्षेत्रमा हैजा देखिएको हो।

    images

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो दुई सातामा देशका तीन जिल्लामा देखा परेको हैजाबाट संक्रमितको संख्या २० पुगेको जानकारी दिए।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने ‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदेन तर उनीहरुको दिसामा पहिलो देखि १० दिनसम्म भिब्रियोकोलेरा व्याक्टेरिया रहन सक्छ। लक्षण देखिएकामा पनि करीव ८० प्रतिशतलाई मन्द देखि मध्यमस्तरको लक्षण देखिन्छ। २० प्रतिशतलाई मात्रै चौलानी जस्तै दिसा हुने र पानी अभाव तिब्र हुने लक्षण देखिने।’

    मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखलाका हैजा तथा पानी जन्य रोगहरु फैलने हुँदा सबैलाई सचेत रहन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार