काठमाडौं, २४ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. जनार्दन पन्थीलाई नियुक्त गरिएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव डा जनार्दन पन्थीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी तोकिएको हो ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले डा. पन्थीलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको जानकारी दिए ।