• बुधबार, २८ असोज २०८३
  • images

    स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनुपर्छ: राष्ट्रपति

    स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनुपर्छ: राष्ट्रपति

    बुधबार, चैत २८ २०८०
    बुधबार, चैत २८ २०८०
    स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनुपर्छ: राष्ट्रपति

    काठमाडौँ, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनुपर्ने बताएका छन् ।
     उनले सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहित गर्न जरुरी रहेको बताए।

    बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै  पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर बन्नुपर्ने बताए ।


    उनले सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे । अनुसन्धानका निष्कर्षलाई व्यावहारिक सामाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने बताए ।

     

    समारोहमा संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    राष्ट्रपति पौडेलले स्वास्थ्य अनुसन्धानका निष्कर्षलाई व्यावहारिक सामाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने सुझाव दिए ।

    उनले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई ध्यान दिन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरे ।

    स्वास्थ्यमा सर्वब्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास पनि व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित, सहज एवं सर्वसुलभ बनाउन स्पष्ट, वस्तुनिष्ठ बनाउन जरुरी रहेको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार