• बुधबार, २८ असोज २०८३
  • images

    भोलीदेखि स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन हुने

    भोलीदेखि स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन हुने

    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    भोलीदेखि स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन हुने


    काठमाडौ । भोलीदेखि तीन दिनसम्म स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । 
    नेपाल स्वास्थ्य अनुसन्धान परिषदले २७ चैत देखि २९ चैतसम्म स्वास्थ्य वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनको आयोजना गर्न लागेको हो । 

    No description available.
    परिषदका सदस्य सचिव डा.प्रदीप ज्ञवालीले कोभिड १९ का कारण गएका दुई वर्ष भर्चुअल माध्यामबाट स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन सम्पन्न भएको थियो । 
    परिषद्का सदस्य सचिव डा ज्ञवालीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले सम्मेलनमा स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन ः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ भोली देखि चैत २९ गतेसम्म सम्मेलनको सञ्चालन हुने बताउनुभयो । 

    No description available.
    डा.ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्या विद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुबीच छलफल हुनेछ । उक्त छलफबाट तथ्यमा आधारित नीति निर्माण गर्न तथा जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निश्कर्ष निकालेर सोही अनुरुप अध्ययन अनुसन्धान गरिने ज्ञवालीले बताउनुभयो । 

    सम्मेलनलाई पारदर्शी बनाउन स्टेरिङ कमिटि, एडभाइजरी कमिटि,साइन्टिफिक कमिटि, अर्गानाइजिङ कमिटि तथा अवार्ड सेलेक्सन सब कमिटि गठन गरिएको छ । 

    No description available.
    अनुसन्धानकर्ताहरूले खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धानमूलक कार्यमध्ये ४० वटा प्रस्तुतीकरणका लागि छनौट भएका छन्। 
    सम्मेलनमा ३१ जना राष्ट्रिय र २२ जना अन्तराष्ट्रिय विज्ञहरुले प्रस्तुतीकरण गर्नुहुनेछ । सम्मेलनको पहिलो दिन पूर्व–सम्मेलन गरिनेछ । जसमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदुढीकरण र कोभिड १९, यस अन्तर्गत दृढ  प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानिय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था ः अवसर र चुनौती तथा कोभिड महामारीका सिकाईहरु, सहकार्य र सञ्जालद्वारा अनुसन्धानको प्रवद्र्धनका साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण रहनेछ । तीन दिने सम्मेलनमा स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एंवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा ४० वटा मौखिक प्रस्तुतीकरण हुनेछ । 

    यी कमिटीहरुको पटक–पटकको परामर्श तथा छलफलद्वारा सम्मेलनको थिम तथा प्रस्तुतीकरणका विषयहरुको छनौट गरिएको कार्यकारी प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । 

    सम्मेलनको दोश्रो दिन चैत २८ गते  शिखर सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्ने कार्यक्रम रहेको छ भने दोश्रो सत्रमा दुई वटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, वायोमेडिकल, ईपिडेमियोलोजिकल र क्लिनिकल अनुसन्धान लगायतका विषयहरुमा विज्ञहरुद्वारा प्रस्तुतीकरण साथै बृहत छलफल गरिनेछ ।  

    सम्मेलनको तेश्रो दिनमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल गरिनेछ । सोही दिन अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ, नवजात शिशु, र बाल स्वास्थ्य र अन्तरविषय अनुसन्धानका बारेमा स्वदेशी तथा विदेशी विज्ञहरुबाट वृहत छलफल गरिनेछ । 

    मौखिक तथा पोष्टर प्रस्तुतीकरण मध्येबाट एक – एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिने छ । त्यसैगरी  बायोमेडिकल जनरलमा विगत ५ वर्षमा सबै भन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    साथै सम्मेलनमा चिकित्सकहरुलाई उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार , परिषद्का कर्मचारीलाई मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउनु भएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिने छ ।

    सम्मेलनमा स्वास्थ्य अनुसन्धान परिषदमा  वर्षभरी उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्डले सम्मानित गरिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार