काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा इन्टर्नसिपमा कार्यरत एक युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरिएको छ।
परिषदले उक्त घटना छानबिनका लागि समितिले बनाएको छ। झाले परिषदमा इन्टर्नसिपमा आएकी एक युवतीलाई शनिबार कार्यालयमा बोलाएर यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
तालिम अधिकृत झाले दुव्र्यवहार गरेपछि युवतीले कारबाहीको माग गर्दै परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीसमक्ष निवेदन दिएकी थिइन।
पीडित युवतीको निवेदनपछि परिषदले कारबाही प्रक्रिया अगाडि बढाएको हो,परिषदमै कार्यरत कर्मचारीका अनुसार परिषदको विनियमावली अनुसार झामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको र छानबिन समिति बनाइएको । परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीको भनाइ छ। पीडितले लिखित रुपमा निवेदन दिएकोले छानविन समिति बनाएर कारबाही गर्ने उहाँको भनाइ छ।