काठमाडौ । अब देखि स्क्यान गरिएको मेडिकल रिपोर्ट मान्य नहुने भएको छ ।
नेपाल मेडिकल काउन्सिल तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रयोगशाला रिपोर्टमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न निर्देशन दिएको छ ।
मेडिकल काउन्सिल र स्वास्थ्य अनुसन्धान काउन्सिलले संयुक्त रुपमा सूचना जारी गर्दै अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा प्रयोगशालाहरुलाई विज्ञता हासिल गरेका दर्तावाल व्यक्तिको हस्ताक्षर प्रयोग गर्न निर्देशन दिएका हुन्।
दुवै काउन्सिलले स्क्यान गरिएको हस्ताक्षर प्रयोग नर्गन, लिखित हस्ताक्षर गर्दा प्रमाणपत्र नम्बर पनि उल्लेख गर्न उल्लेख गरेको छन् ।
सम्बन्धित विज्ञको उपस्थिति वा अनुपस्थितिमा स्क्यान हस्ताक्षर प्रयोग भएको भन्दै सूचना निकाले हो।