• आइतबार, १ कात्तिक २०८३
  • images

    पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन 

    पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन 

    बुधबार, चैत १४ २०८०
    बुधबार, चैत १४ २०८०
    पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन 

    काठमाडौँ, १४ चैत । पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको उपचारको क्रममा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उनको निधन भएको हो ।

    पित्तथैलीमा ट्युमर देखिएपछि मिश्र उपचारका लागि दिल्ली गएका थिए । उनलाई सर्जरी भइसकेपछि  मस्तिष्कघात भएको थियो । 
    नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले दिएको जानकारी अनुसार दिल्लीमा उनको निधन भएको हो । परिवार स्रोतलाई उल्लेख गर्दै उनले गएराती ९ : २८ बजे निधन भएको बताए ।

    images

    डा मिश्रले २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हालेका थिए । उनी ५१ बर्षको उमेरमा सेवा निवृत्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार