विराटनगर,२ चैत । विराटनगर महानगरपालिका- ४ मा डेरा बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।
उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।
हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ। घटनामा संलग्न हत्यापछि शव छाडेर फरार भएको पाइएको डीएसपी दाहालले बताए। घटनास्थलमा डीएसपी दाहाल नेतृत्वको टोली पुगेको छ। घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको उनले बताए।