फागुन ११ सम्म आवेदन दिनुपर्ने
काठमाडौं, ४ माघ। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न विधामा प्राध्यापक माग गरेको छ ।
शुक्रबार नेपाल मेडिकल कलेजले विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेजको सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यसैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ ।
कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णयअनुसार चिकित्सकहरु माग गरिएको हो ।
योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् ।
दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।
हेरौं सूचना:
