• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    लोमस फर्मास्युटिकल्सको सिटामोल न्यून गुणस्तरको, विक्रिवितरणमा रोक

    लोमस फर्मास्युटिकल्सको सिटामोल न्यून गुणस्तरको, विक्रिवितरणमा रोक

    सोमबार, माघ १५ २०८०
    सोमबार, माघ १५ २०८०
    लोमस फर्मास्युटिकल्सको सिटामोल न्यून गुणस्तरको, विक्रिवितरणमा रोक


    काठमाडौं, १५ माघ । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल)को न्यून गुणस्तर रहेको भन्दै बिक्रिवितरणमा रोक लगाएको छ । 


    विभागले सूचना जारी गर्दै कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा रोक लगाएको हो।

    राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्रीवितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ।


    ुयस विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका ऐलोपेथिक औषधिको नमुना श्री राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं।को औषधि न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट ९म्यकबनभ ँयचm० भएको औषधि, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता ९च्भअबिि० गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त ब्याच नं। उल्लेख भएका औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ,ु विभागले जारी गरेको सूचनामा भनिएको छ।
    हेरौँ सूचनाः

    lomas-640x596.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार