• मंगलबार, ३ कात्तिक २०८३
  • images
    शुक्रराज सरुवा रोग अस्पताल ९० वर्षमा प्रवेश

    सरुवा रोगको उपचारमा उत्कृष्ट, गतवर्ष एक लाख बिरामीको बहिरङ्ग सेवा

    सरुवा रोगको उपचारमा उत्कृष्ट, गतवर्ष एक लाख बिरामीको बहिरङ्ग सेवा

    बुधबार, माघ १० २०८०
    बुधबार, माघ १० २०८०
    सरुवा रोगको उपचारमा उत्कृष्ट, गतवर्ष एक लाख बिरामीको बहिरङ्ग सेवा

    काठमाडौँ, १० माघ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९० वर्षमा प्रवेश गरेको छ । 
    अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले दिएको जानकारी अनुसार गत वर्षमा मात्र एक लाख जनाको ओपीडि सेवा लिएका छन् ।  यस्तै १२ हजार जनाले आकस्मिक सेवा लिएका छन् । शुक्रराज अस्पतालमा गत वर्ष दुई हजार बिरामी भर्ना भएका थिए भने एक हजार ६८२ जना विपन्न नागरिक उपचार  गरिएको थियो । यस्तै महिला हिंसा अन्र्तगत १५ जनाको उपचार गरेको थियो ।   
    गत वर्ष कोभिड लागेर ८१ जना उपचारमा आएका थिए । ती मध्ये एक जनाको मृत्यु भएको थियो । 
    डा.बसौलाका अनुसार सरुवा रोग अस्पताल १९९० सालमा कलेरा अस्पतालको रुपमा स्थापना भएको थियो । विसं २०५३ माघ ११ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रुपमा सेवा दिन थालेको हो। अस्पतालले सरुवा रोगको उपचार गर्दै आएको छ । 
    अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले अस्पताल हाल एकसय बेडमा सञ्चालन भइरहेको जानकारी दिदै त्यो मध्ये ६० बेड निःशुल्क गरिएको बताए ।

    सरुवा रोग अस्पताल रिफरल अस्पताल तथा केन्द्रीय अस्पताल पनि हो । 

    images

    निर्देशक बसौलाका अनुसार अस्पतालले टाइफाइड, कालाजार, जापानिज इन्सेफ्लाइटिस, हैजा, रेबिज लगायतका रोगहरुको उपचारमा विशेष योगदान दिँदै आएको छ। यसका साथै विभिन्न  भ्याक्सिनहरुको सेवा समेत दिँदै आइरहेको छ। 
    विगत दुई वर्ष अगाडि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा सरुवा रोग अस्पतालले उत्कृष्ट सेवा दिएको थियो । अस्पतालमा एचआईभी एड्स लागेका बिरामीहरुको उपचार पनि गर्दै आएको छ । 

    हाल अस्पतालमा  २ हजार २५० भन्दा बढी एचआईभीका बिरामीहरु उपचाररत छन्। अस्पतालले २४सै घन्टा रेबिज खोपको सेवा प्रदान गर्दै आइरहेको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार