• आइतबार, १४ भदौ २०८३
  • images

    मेडिकल काउन्सिल र स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा डा. भुसाल र लोहनीको नाम सिफारिस  

    मेडिकल काउन्सिल र स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा डा. भुसाल र लोहनीको नाम सिफारिस  

    हेल्दीखबर
    बुधबार, कात्तिक २२ २०८०
    हेल्दीखबर
    बुधबार, कात्तिक २२ २०८०
    मेडिकल काउन्सिल र स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा डा. भुसाल र लोहनीको नाम सिफारिस  

    काठमाडौँ, २२कात्तिक । स्वास्थ्य बीमा बोर्ड र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा दुई जनाको नाम सिफारिस भएको छ ।

    स्वास्थ्य मन्त्री बस्नेतले वीमा बोर्डको अध्यक्षका लागि पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनी र मेडिकल काउन्सिलमा पूर्व राजदूत समेत रहेका प्राडा चोपलाल भुसालको नाम प्रस्ताव गरेका छन् ।

    सरकारले लामो समय देखि रिक्त रहेको बोर्ड र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदका लागि 
    नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अध्यक्ष नियुक्त गर्न दुई जना बरिष्ठ डाक्टरको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरेका छन् ।

    यसअघि बीमा बोर्डका अध्यक्ष रहेका पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले गत २४ माघमा राजिनामा दिएपछि स्वास्थ्य बीमा बोर्ड अध्यक्ष विहीन रहेको छ । स्वास्थ्य  बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई सरकारले तीन महिना निलम्बन गरेको छ ।


    यता मेडिकल काउन्सिलका अध्यक्ष रहेका प्राडा भगवान कोइरालाले गत १८ कात्तिकमा ४ वर्षे कार्यकाल सकिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार