• बुधबार, २८ असोज २०८३
  • images

    बागमतीका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क

    बागमतीका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क

    हेल्दीखबर
    सोमबार, साउन २९ २०८०
    हेल्दीखबर
    सोमबार, साउन २९ २०८०
    बागमतीका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क

    काठमाडौं, २९ साउन । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । 
    प्रदेश स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क  रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।

    मन्त्रालयले भदौ १ गतेबाट लागू हुनेगरी नागरिकहरुको निःशुल्क भर्ना गर्न प्रदेश सरकार मतहातका १३ अस्पताललाई निर्देशन दिएको छ। 

    अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क हुने भएको छ। 
    बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले  गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने बताउनुभयो। 

    त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ।
    साथै प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा इकाई स्थापना गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार