• शनिबार, १ कात्तिक २०८३
  • images

    मनमोहन कार्डियो सेन्टरका प्रशासन प्रमुखसहित चार जना पक्राउ

    मनमोहन कार्डियो सेन्टरका प्रशासन प्रमुखसहित चार जना पक्राउ

    आत्महत्या दुरुत्साहन आरोप

    हेल्दीखबर
    शनिबार, असार ३० २०८०
    हेल्दीखबर
    शनिबार, असार ३० २०८०
    मनमोहन कार्डियो सेन्टरका प्रशासन प्रमुखसहित चार जना पक्राउ

    काठमाडौँ, ३० असार । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भएको कर्मचारी मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
    आत्महत्या दुरुत्साहनको कसूरमा परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ।
    शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल अस्पतालको दोस्रो तलाको भर्याङमा मृत भेटिएका थिए। लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो।

    प्रशासन प्रमुख बस्नेत समेत भएको समितिले छानबिन औषधिमा हिनामिना गरेको आरोपमा पोखरेल सहित ७ जना कर्मचारीलाई छानवीन गरेको थियो। प्रतिवेदन नआउँदै हिजो मात्रै तपाईँलाई किन कारवाही नगर्ने भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको थियो।

    images

    पोखरेलले मर्नु अघि दुई पेज लामो सुसाइड नोट लेखेका थिए। सुसाईट नोटमा आफूलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको उनले उल्लेख गरेका छन्।

     

    छानबिन समिति गठन

    पोखरेलको मृत्युपछि फार्मेसीमा भएको भनिएको हिनामिनाबारे सत्यतथ्य बुझ्न पूर्व निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन भएको छ।

    समितिमा एक जना फार्मेसी संघका प्रतिनिधि र एक जना मृतक पक्षको व्यक्ति रहेका छन्। सो समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार